५ असार २०७७, शुक्रबार

एजेन्सी, ५ असार । तमिलनाडुको राजधानी चेन्नई र यससँग जोडिएको तीन जिल्लामा फेरि लकडाउन लागू गरिएको छ।
अब यहाँ केवल आवश्यक सामानको पसल र मेडिकल स्टोरहरूमा खोल्ने अनुमति दिइएको छ । १२ दिन लागि लगाइएको लकडाउन जुन ३० सम्म रहनेछ ।

चेन्नईमा ३७ हजार भन्दा बढी मानिस कोरोना संक्रमित छन् भने तमिलनाडुमा संक्रमितको संख्या ५० हजार नाघेको छ । त्यहाँ कोरोना संक्रमणको कारण हालसम्म ६०० व्यक्तिको मृत्यु भइसकेको छ।

यद्यपि हालसम्म मृत्यु दर कम रहेको छ, तर यसमाथि अहिले अनुसन्धान भइरहेको छ। एउटा रिपोर्टमा चेन्नईमा भएको २०० व्यक्तिको मृत्यु कोरोना संक्रमित मृत्युसँग सम्बन्धित नरहेको पनि दावी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV