५ असार २०७७, शुक्रबार

एजेन्सी, ५ असार । दक्षिण कोरियाले कोरोना भाइरसलाई जितेको विश्वास गरिएको थियो । तर त्यहाँ अहिले पनि संक्रमितहरु देखिन थालेका छन् ।

शुक्रवार, दक्षिण कोरियामा ४९ वटा नयाँ संक्रमणको रिपोर्ट गरिएको छ । योसँगै, देशमा संक्रमित व्यक्तिहरूको कुल संख्या बढेर १२ हजार ३ सय ६ पुगेको छ। राजधानी सोल र वरपरका क्षेत्रमा, सबैभन्दा बढी संक्रमणको रिपोर्ट भइरहेको छ।

दक्षिण कोरियाका स्वास्थ्यमन्त्रीले आफ्ना देशका नागरिकहरुलाई चेतावनी दिदै सामाजिक दूरी कडाईका साथ पालना गर्न आग्रह गरेका छन् । संक्रमणको घटनाहरू फेरि बढ्न थालेको कारण सबैले सामाजिक दूरीका कडा नियमहरू लागू गर्न आवश्यक देखिएको उनको आग्रह छ ।

दक्षिण कोरियाले संक्रमणको दर कम हुने वित्तिकै गत मे महिनाको सुरूमा नै सामाजिक दूरीको नियमहरू शिथिल पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV