कुन्दन चन्दको दुई मुटु एक धड्कन सर्ट फिल्म सार्वजनिक



प्रकाशित मिति : Jun 19, 2020
  • भगतराम थारु

नेपालगञ्ज ०५ असार । दुई मुटु एक धड्कन सर्ट फिल्म शुक्रवार सार्वजनिक भएको छ । कुन्दन चन्द, पुजा ओली, विमल चौधरी र मनिषा हमालद्धारा मुख्य अभिनित सर्ट फिल्म दुई मुटु एक धड्कन सार्वजनिक भएको हो ।

शुक्रवार एसके मिडियाको अफिसियल युट्युव च्यालनबाट सार्वजनिक भएको सर्ट फिल्मको पोष्ट प्रोड्युसन गोचाली मिडिया प्रा.लि. बर्दियाले गरेको छ । २२ मिनेट ५६ सेकेण्ड लामो उक्त सर्ट फिल्ममा केही धमाकेदार एक्सन सिन देखाइएको छ । सर्ट फिल्ममा कलाकारको रमाइलो केमिस्ट्री सहित एक गहिरो माया पिरतीका कुरा समेत देखाइएको छ ।

फिल्ममा केही रमाइला र हसाँउने संवाद पनि समाबेश गरिनुका साथ साथै द्धन्द्धसमेत राखिएको छ । दुई मुटु एक धड्कन सर्ट फिल्मको एक्सनमा कुन्दन चन्द, केशव चालिसे र कथा लेखनमा पनि केशव चालिसेको रहेको छ ।

यस्तै स्पोर्ट म्यानेजमेन्टमा राहुल चौधरी र राज बहादुर शाहीले साथ दिएका छन भने सर्ट फिल्मको गितमा स्वर सीडी विजय अधिकारी र मनिसा राईले गर्नुभएको छ । यस्तै म्युजिकमा खेम सारु मगर र सीडी विजय अधिकारीले गर्नुभएको छ । सर्ट फिल्मको प्रोड्युसर मातृभुमि अफसेट प्रेस र ललित सापकोटाले गर्नुभएको छ । यसको साथसाथै अन्य कलाकारमा राजाराम र नारायणको समेत मुख्य भुमिका रहेको फिल्मको छायाङकन तथा इडिटिङमा सरोज डगौराले गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com