५ असार २०७७, शुक्रबार

एजेन्सी, ५ असार । कोरोना महामारीले बेलायतको अर्थव्यवस्थामा पनि गम्भीर प्रभाव पारेको छ । भर्खरै जारी तथ्यांकले सरकारमा ऋणको बोझ बढ्दो रहेको देखाएको छ ।

मेमा सरकारी ऋण मासिक ५५.२ अर्ब पाउन्ड रहेको थियो। राष्ट्रिय तथ्यांक कार्यालयले यस अघि अप्रिल महिनामा भएको खर्च १९९३ पछि सबैभन्दा बढी भएको बताएको थियो।

तर पछि यो संख्या ६२ अर्ब पाउन्डबाट ४८.५ अर्ब पाउण्डमा परिवर्तन भयो। सरकारले कर र राष्ट्रिय बीमा मार्फत पैसा फिर्ता गरेपछि अप्रिलमा तथ्यांक परिवर्तन भएको जनाइएको छ।

सरकारको खर्च कोरोना भाइरस रोजगार प्रतिधारणा योजनामा अनुमानित खर्च भन्दा कम थियो।

प्रतिक्रिया दिनुहोस्

LIVE TV