इलाम बजार सामान्य अवस्थामा, सामाजिक दुरी कायम नहुँदा कोरोना त्रास घटेन



प्रकाशित मिति : Jun 19, 2020
  • विनय तिम्सीना

इलाम, ५ असार । सरकारले लकडाउन केही खुकुलो बनाएसँगै इलाम सदरमुकाममा अहिले भिडभाड देखिन थालेको छ । इलामबासीहरु पहिले झैँ आफ्नो दैनिकीमा फर्किएका छन् । कोरोन भाइरस अर्थात कोभिड १९ ले विश्वनै आक्रान्त बनाएको बेला इलाममा भने अहिले कोरोनाको प्रभावै नपरेजस्तो गरेर मानिसहरु अवतजावत गरिरहेका छन् ।

इलाम बजारमा न सरकारले भने जस्तो सामाजिक दुरी नै कायम भएको छ न त सवारी अवजावतमा कुनै नियम लागू भएको छ । सरकारले लकडाउन खुकुलो बनाएसँगै आवतजावत गर्न धेरै सहज भएको छ । तर यसले कोरोना संक्रमणको जोखिम पनि धेरैनै बढाएको इलाम नगरपालिका १० गोदकका भाष्कर भारध्वज बताउँछन् ।

इलाममा अहिले मानिसहरुको भिडभाड बढेसँगै पसल सञ्चालनत हुन थालेको छ । त्यस्तैगरी गाउँबाट आएर रोजिरोटीको लागि पसल सञ्चालन गर्दा भिडभाड र सामाजिक दुरीको पालना नगर्दा धेरै गाह्रो भइरहेको इलाम नगरपालिका ६ सिङफिरिङका मुकेस शिवा वताउँछन् ।

यसरी विभिन्न ठाउँबाट आएर इलाम वजारमा अवतजावत गर्ने मानिसहरुको संख्या वढेसँगै स्थानीहरु त्रसित भएका छन् । वाहिरी जिल्लावाट आएका मानिसहरु होटलमा बसोवास गर्न थालेपछि इलामवासीले असुरक्षित महशुस गर्न थालेका छन् । इलाममा स्थानीय सरकार तथा प्रशासन कार्यलयले सचेतना नगर्दा र लकडाउनको नियाम पालना नगराउँदा असुरक्षित भएको इलाम नगरापलिका ७ का सुनचाँदी व्यावसायी सन्तोष शंकर बताउँछन् ।

नेपाल सरकारले देशभरी नै लकडाउनको स्वरुप परिवर्तन गरेसँगै लकडान खुकुलो भयो । इलाममा पनि छोटा दुरीका सवारी संचालन भएका छन् । तर कुनै पनि सवारी साधनले नेपाल सरकारले वनाएको नियम पालना गरेका छैनन् । इलाम सदरमुकाम बजारमा हिडडुल गर्ने मानिसहरुले पनि कुनै सामाजिक दुरी कायम गरेका छैनन् । वितिय संस्था बैंकहरुमा पहिला जस्तै भिडभाड देखिन थालेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com