कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि, कुल संक्रमित १ हजार २ सय ३३ पुगे



प्रकाशित मिति : Jun 19, 2020
  • मनिराज पाण्डे,

कालिकोट, ५ असार । कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेत पशुपन्छी अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणबाट थप ९ जनामा कोरोना संक्रमण देखिएको हो ।

दैलेखका २ जना, सुर्खेतका ६ जना र जाजरकोटका १ जनामा कोरोना पुष्टि भएको हो । आज सुर्खेत अस्पतालबाट १ जना र कालिकोट अस्पतालबाट २ गरी कुल ३ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ ।

कर्णाली प्रदेशमा निको भएर डिस्चार्ज हुनेहरुको संख्या ५०८ पुगेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा, सुर्खेतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com