५ असार २०७७, शुक्रबार
  • कृष्ण पाण्डे,

बुटवल, ५ असार । आफ्नै सन्तानलाई ज्युँदै गाड्ने बाबु कस्तो होलान ? पाप र क्रुरताको यो हदको घटना अन्य देशमा नभइ नेपालमा नै घटेको छ ।

रुपन्देहीको तिलोत्तमा– वडा नं ४ प्रगतिनगरमा आफ्नै बाबुले ८ वर्षको छोरालाई ज्युँदैं जमिनमा गाडेका छन् । आज दिउँसो छोरालाई गाड्दै गर्दा स्थानीयवासीले देखेपछि होहल्ला गर्दै प्रहरीलाई खबर गरेका थिए ।

छोरा बिरामी भएपछि उनलाई अस्पताल लैजान स्थानीयवासीले सुझाव दिएका थिए । तर बाबुले भने अस्पताल नलगेर आफ्नो छोरालाई जिउदै जमिनमा गाड्न लगेको खुल्न आएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठौरले गाउँलेहरुको भनाइलाई उद्धृत गर्दै भन्नुभयो, ‘छोरा बिरामी भएर बेहोस भएपछि बाबुले बोरामा हालेर जमिनमा गाड्न लगेका रहेछन् ।

बालकलाई नदी किनारसम्म लानको लागि उनले ई–रिक्साको प्रयोग गरेका थिए । छोरालाई ज्युँदै गाड्ने बाबुलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान थालेको छ ।

बुवाले भने छोराको मृत्यु भइसकेपछि जमिनमा गाड्न लगेको प्रहरीलाई बयान दिएका छन् । प्रहरीले जमिनमा गाडेको बालकको उद्दार गरेर अस्पताल ल्याएको थियो ।

तर चिकित्सकले अस्पताल पु¥याउने वित्तिकै बालकलाई मृत घोषणा गरेको रुपन्देही प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV