५ असार २०७७, शुक्रबार
  • कृष्ण बिष्ट

बैतडी, ५ असार । होम आइसोलेसनमा बस्ने सहमती पश्चात घर गएपछि बैतडीका कोरोना संक्रमितहरु न्युनतम स्वास्थ्य सजगता समेत नअपनाउने गरेको पाइएको छ ।

बैतडीको शिवनाथ गाउपालिका वडा नं ४ का कोरोना संक्रमितलाई होम आइसोलेसनमा बस्ने सहमतीका आधारमा घर गएपछि गाँउमा जथाभावि डुल्ने गरेको वडा नं ४ का वडा अध्यक्ष लक्ष्मण सिंह महताले जानकारी दिनुभयो ।

असार १ गते कोरोना पुष्टि भएका वडा नं ४ का २ जना पुरुष कोरोना पुष्टि भएको भोलिपल्टै रत्याल सिँचाइ योजनाको कुलामा काम गर्न गएको पाइएको छ । वडा अध्यक्ष महताले अनुसार कोरोना पुष्टि भएका २ जना पुरुष उक्त योजनाको काम गर्न गएका बताउनुभयो ।

क्वारेन्टाइनबाट घरजादा स्वास्थ्य सजगता अपनाउने र होम आइसोलेसनमा बस्ने भनेर कागजमा हस्ताक्षर गरेको भएपनि लापर्वाही गरीरहेको उहाँले बताउनुभयो ।

शिवनाथ गाउपालिकाको वडा नं २ कि १० वर्षीय बालिका सहित ७ जना, वडा नं ४ का ५ जना पुरुष र वडा नं ६ का ५ जना पुरुष घर गएका हन् । उनिहरु १७ जना नै होम आइसोलेसनमा रहने गरी घरमै बस्न लगाइएको गाउपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र महताले जानकारी दिनुभयो ।

बैतडीका २२ जना कोरोना निको नहुँदै घर गएकोमा शिवनाथ गाउपालिकामा मात्रै २१ जना रहेका छन् । ४ जना सेती प्रादेशिक अस्पतालले कोरोनाको कुनै लक्षण नभएको भन्दै डिस्चार्ज गरिएको थियो भने १७ जना यहि असार १ गते पुष्टि भएका रहेका छन् ।

त्यसैगरी पाटन नगरपालिका ८ का एक जना पुरुष पनि कोरोनाका कुनै लक्षण नभएको भन्दै बुधबार डिस्चार्ज गरिएको छ ।

जिल्लाका २२ जना कोरोना संक्रमित घरमै रहेका बेला स्थानियमा कोरोनाको त्रास फैलिएको छ । कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै २२ जनालाई होमआइसोलेसनमा रहन भनि घर पठाएपछि गाँउमा त्रास फैलिएको हो ।

कोरोना संक्रमित गाँउमा आएपछि कोरोना सार्ने हो भनेर स्थानियहरु त्रसित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
LIVE TV