५ असार २०७७, शुक्रबार

काठमाडौं, ०५ असार । नेदरल्याण्डको राजधानी एम्स्टर्डममा रहेको महात्मा गान्धीको मूर्तिमा अज्ञात समुहले क्षति पुर्‍याएका छन् । स्प्रे पेंटिंगको साथमा रहेको गान्धीको मूर्तिमा क्षति गर्नुका साथै त्यको वरिपरि केही आपत्तिजनक तस्बीरहरूको चित्र कोरिएको छ ।

त्यहाँ कस्ले यस्तो कार्य गर्यो भन्ने खुल्न नसकेको नेदरल्याण्ड प्रहरीले जनाएको स्थानीय संचार माध्यमहरुले उल्लेख गरेका छन् । यद्यपि अमेरिकाको पुलिस हिरासतमा जर्ज फ्लोडको मृत्यु भएपछि विश्वभरका विभिन्न मूर्तिहरुमा तोडफेड भइरहेको रिर्पोट छ ।

यसअघि अमेरिकाको वाशिंगटन सीटीमा रहेको महात्मा गान्धीको मूर्तिमा पनि क्षति पुर्याइएको थियो । हरेका तोडफेड भएका मूर्तिहरुमा रातो रंग लगाइ जातीय टिप्पणीहरू लेखेको बताइएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV