चुनावकाे लागि सी चिनफिङसँग सहयोग मागेको कुरा लेखिएको पुस्तक प्रकाशन हुन नदिने प्रयासमा ट्रम्प



प्रकाशित मिति : Jun 19, 2020

एजेन्सी, ५ असार । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नाबारे गोप्य कुरा लेखिएको पुस्तक प्रकाशन हुन नदिने प्रयास गरिरहेका छन् ।

बीबीसीका अनुसार उक्त पुस्तक प्रकाशनै हुन नदिन ट्रम्प प्रशासनले अदालतमा मुद्दा दायर गरेको छ । तर संवैधानिक विज्ञहरूले यो ट्रम्पको कदम सफल हुने सम्भावना नभएको बताएका छन् ।

ट्रम्पकै  पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले लेखेका उक्त पुस्तकमा राष्ट्रपति चयनका लागि हुन लागेको चुनावमा ट्रम्पले चीनका राष्ट्रपति सी चिनफिङसँग सहयोग मागेको कुरा लेखिएको छ । अमेरिकामा आउँदो नोभेम्बरमा राष्ट्रपति चयनको चुनाव हुँदै छ ।

उक्त पुस्तकमा राष्ट्रपति ट्रम्पले आपराधिक अनुसन्धानमा हस्तक्षेप गर्न पनि लेखिएकाे बताइएकाे छ । ट्रम्प प्रशासनले भने उक्त पुस्तकमा धेरै आरोप निजी कुराकानीमा आधारित भएकाे र प्रमाणित गर्न असम्भव भएकाे बताएकाे छ ।

लेखक बोल्टनले राष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा रहँदाको अनुभव समेटेर ‘द रुम ह्वेयर इट ह्यापेन्ड’ पुस्तक लेखेका हुन् । पुस्तक यही जुन २३ तारिख प्रकाशन गर्ने तयारी रहेको छ ।

याे पुस्तक विमोचन गर्ने वा गर्ने भन्नेबारे समय अभावले बुधबार सुनाई हुन सकेन । यसबारे आज शुक्रवारको सुनुवाई हुँदै छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com