तनावबीच अमेरिका र चीनले हात मिलाए, वार्ता सकारात्मक भएको दुबै पक्षको दावी



प्रकाशित मिति : Jun 18, 2020

एजेन्सी, ४ असार । अमेरिका र चीनबीच अमेरिकाको हवाइमा सम्पन्न उच्चस्तरीय वार्ता सकारात्मक भएको सिन्ह्वाले जनाएको छ ।

कोभिड–१९ र ताइवानको विषयमा तनाव बढिरहेका बेला चीन र अमेरिकाका उच्च कुटनीतिज्ञबीच वार्ता भएको हो ।

चिनियाँ पक्षबाट स्टेट काउन्सिलर तथा चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य याङ जेइची वार्तामा सहभागी थिए भने अमेरिकाको तर्फबाट अमेरिकी विदेशमन्त्री माइक पेम्पियो बैठकमा सहभागी थिए ।

वार्तामा दुई देशको सरकारले गरेको सहमतिलाई कार्यान्वयन गर्ने तथा दुवै देशले सम्पर्क र संचारलाई पनि जारी राख्ने सहमति भएको जनाइएको छ । अमेरिका र चीनबीच सन् २०१८ यता व्यापार युद्ध जारी छ ।

साथै हालै चीन र अमेरिकाबीच कोभिड–१९, ताइवान, हङकङ, जर्ज फ्लोएड मृत्यु प्रकरणको विषयमा विवाद बढेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com