बारागढी गाउँपालिकाद्वारा साक्षरता अभियान सुरु



प्रकाशित मिति : Jun 18, 2020
  • हरिशंकर शर्मा

बारागढी (बारा), ४ असार । बारामा अनौपचारिक शिक्षा तथा साक्षरता कार्यक्रम संचालन भएको छ । बारागढी गाउँपालिकामा १ देखि ६ वटा वडाहरुमा सामुदायिक सिकाई केन्द्रहरुद्धारा साक्षरता अभियान सुरु गरिएको जनाइएको छ ।

१ सय ५० देखि २ सय घण्टासम्म संचालन हुने साक्षरता अभियान अन्तर्गत बारागढी गाउँपालिकामा रहेका ६ सय ११ जना निरक्षर महिला तथा पुरुषलाई साक्षर बनाउने कार्य भइरहेको बारागढी गाउँपालिकाकी शिक्षा अधिकृत जलमती चौधरीले बताइन् ।

कोरोना भाइरस महामारीको कारण लकडाउन र सामाजिक दूरीको पूर्ण पालना गर्दै सामूहीक रुपमा शिक्षण नगरी त्यसको बैकल्पिक मोडल (इच वन टिच वन) मोडल प्रयोग गरी ६०० भन्दा बढि निरक्षरहरुलाई समेटी साक्षरता कार्यक्रम संचालन गरिएको छ ।

बारागढी गाउँपालिकाको वडा नं. १ देखि चारसम्म रहेका क्रमशः १०० को दरले ४ सय जना निरक्षरहरुलाई साक्षर बनाउनका लागि क्रमशः २८, २५, २५, २५ जना स्वयंसेवक परिचालन गरिएको छ

भने वडा नं. ५ मा रहेका १ सय ३ जना निरक्षर महिलाहरुलाई साक्षर बनाउनका लागि ३२ जना स्वयंसेवक परिचालन गरिएको छ । यसरी नै वडा नं. ६ मा रहेका १ सय ८ जना निरक्षर महिलाहरुलाई साक्षर बनाउनका लागि २७ जना स्वयंसेवक परिचालन गरिएको छ ।

नेपाल सरकारको साक्षर नेपाल अभियान २०७६ लाई सफल बनाउनका लागि आ.व. २०७६र०७७ अन्तर्गतको साक्षरता अभियान संचालन गरिएको हो । प्रतिदिन २ देखि ३ घण्टा सम्म कक्षा संचालन गरिरहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com