लिपुलेकसहितको नयाँ नक्साको संविधान संशोधन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण



प्रकाशित मिति : Jun 18, 2020

काठमाडौं, ४ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले लिपुलेकसहितको नयाँ नक्साको विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको नक्सा संविधानको अनुसूची ३ मा व्यवस्था गरिएको नेपालको निशान छापमा राख्नका लागि गरिएको संविधान संशोधन विधेयक प्रमाणीकरण गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले नेपालको नयाँ नक्साको विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले एक विज्ञप्ति सार्वजनिक गर्दै जनाकारी दिनुभएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार प्रमाणित गरेर उक्त विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गर्नुभएको थियो । गत शनिबार प्रतिनिधिसभाले पारित गरेको उक्त विद्येयक आज बिहीबार राष्ट्रिय सभाबाट पारित भएको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com