ओमानबाट थप १ सय ४५ नेपाली नागरिक स्वदेश फर्किए



प्रकाशित मिति : Jun 18, 2020

काठमाडौं, ४ असार । ओमानमा अलपत्र परेका थप १ सय ४५ नेपाली नागरिक बिहीबार स्वदेश फर्किएका छन् ।

सलाम एअरको विमानमार्फत काठमाडौं आएका उनीहरुलाई काठमाडौंको धुम्बाराहीस्थित स्काई जोन पार्टी प्यालेसमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ ।

ओमानमा नै उनीहरुको पीसीआर परीक्षण गरिए पनि नेपालमा उनीहरुले सरकारले तोकेको निश्चित मापदण्ड भने पूरा गर्नुपर्ने छ । उनीहरुलाई केही समय क्वारेन्टाइनमा राखेर सम्बन्धि प्रदेशमा पठाइने भएको छ ।

यस अघि गत असार १ गते ओमानमा अलपत्र परेका एक सय ६६ जना नेपाली कामदार काठमाडौं ल्याइएको थियो ।

तस्बीर : महेश्वर केसी/न्यूज २४


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com