४ असार २०७७, बिहीबार

काठमाडौं, ४ जेठ । राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांँग्रेसका नेता राधेश्याम अधिकारीले कालापानीबाट अब भारतीय सेना फिर्ता गर्नुपर्ने माग राख्नु भएको छ ।

अधिकारीले लिम्पियाधुरासहितको नयाँ नक्सा पारित भएपछि नेपाल भारतबीच वार्ता हुनुपर्ने पर्ने पनि धारणा पनि राख्नु भयो ।

बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा आफ्नो धारणा राख्दै अधिकारीले भन्नुभयो ‘ नेपालले आफ्नो एक इन्च भूमि कसैलाई दिदैन र कसैको एक इन्च भूमि लिदैन पनि, सम्वादबाटै सीमा समस्या समाधान गरेर लिपुलेकमा राज्यको उपस्थिति देखाउनु पर्छ । ’

प्रतिक्रिया दिनुहोस्

LIVE TV