४ असार २०७७, बिहीबार
  • यामराज कटुवाल,

असार, ४ दैलेख । दैलेखको आठबीस नगरपालिकामा टेण्डर हाल्ने बिषयमा दूई पक्षबीच झडप हुदा २ जना घाइते भएका छन् । नगरपालिकामा टेण्डर हाल्न आएका दुई पक्षबीच झडप भएको हो ।

नगरपालिकाद्वारा स्वास्थ्य चौकीको भवन निर्माण, एफ.एम. रेडियो निर्माण र सेनिटरी प्याडका लागि आह्वान गरेको टेन्डर विहीबार (आज) १२ बजेसम्म दर्ता गरिसक्नु पर्ने समय तोकिएको थियो ।

टेण्डर दर्ता गर्न आएका दुई पक्षबीच अचानक झडप भएको र झडपमा २ जना घाइते भएका उपप्रमुख दीपा बोहोराले बताउनु भयो । झडप हुदा स्थिति तनाबग्रस्त भएको थियो ।

हालका लागि टेण्डर स्थगित गरिएको र सो बिषयमा छलफल भइरहेको उपप्रमुख बोहोराले बताउनु भयो । टेण्डर हाल्न आएकाहरुबीच मिलाएर ठेक्का लिने वा प्रतिस्पर्धा गरेर ठेक्का लिने भन्ने बिषयमा झडप भएको एक स्थानीयले बताए ।

अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीले थप सुरक्षा दिइरहेको र स्थिति सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV