पछिल्लो २४ घण्टामा प्रदेश २ मा ६६ संक्रमित थपिए, १ सय ३२ जना निको भए



प्रकाशित मिति : Jun 18, 2020
  • घनश्याम मिश्र

जनकपुरधाम, ४ असार । पछिल्लो २४ घण्टामा प्रदेश नम्वर २ मा १ महिला र ६५ जना पुरुषगरी कुल ६६ जना ब्यक्तिहरुमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

प्रदेश २ सरकारले नियमित रुपमा सञ्चालन गर्दै आएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार धनुषा जिल्लामा २९ जना, महोत्तरी जिल्लामा १ जना, सर्लाही जिल्लामा २ जना र रौतहट जिल्लामा ३४ जना ब्यक्तिहरु कोरोना भाइरसबाट संक्रमित भएका हुन् ।

प्रदेश नम्वर २ बाट पछिल्लो २४ घण्टामा १ सय ३२ जना कोरोना संक्रमितहरु उपचार पश्चात डिस्चार्ज भएका छन् ।

योसँगै यस प्रदेश नम्वर २ मा हालसम्म ६ सय ८३ जना कोरोना संक्रमित ब्यक्तिहरु उपचार पश्चात डिस्चार्ज भइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com