कर्णाली प्रदेशमा थप १ सय २० जनामा कोरोना पुष्टि, संक्रमित १ हजार २ सय २४ पुगे



प्रकाशित मिति : Jun 18, 2020
  • मनिराज पाण्डे,

कालिकोट, ४ असार । कर्णाली प्रदेशमा थप १ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रदेश अस्पताल सुर्खेत पशुपंक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणबाट दैलेखका ८६ र सुर्खेतका ३४ जनामा कोरोना पुष्टि भएको हो । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २ सय २४ पुगेको छ ।

आज कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाबाट ६ जना, महाबु आइसोलेसन सेन्टर दैलेखबाट १ जना, सालकोट आइसोलेसन सेन्टर सुर्खेतबाट ३ जना र सिम्ता आइसोलेसन सेन्टर सुर्खेतबाट १ जना गरी कुल ११ जना डिस्र्चाज भएका छन् ।

कर्णाली प्रदेशमा डिस्र्चाज हुनेको संख्या ५ सय ५ पुगेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा सुर्खेतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com