एमसीसीको विरोधमा कुनै तुक नभएको भन्दै प्रधानमन्त्रीले दिए चेतावनी : महाकाली सन्धि पनि पल्टाएर हेर्नुस्



प्रकाशित मिति : Jun 18, 2020

काठमाडौं, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलनेयिम च्यालेञ्ज कर्पोरेशन एमसीसीको विरोध गर्नुको कुनै तुक नरहेको बताउनुभएको छ ।

बिहीबार राष्ट्रिय सभाको वैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमसीसीको विरोध नेपालको उन्नति र भावि पुस्ताको प्रगति नचाहनेबाट भएको पनि प्रष्ट पार्नुभयो ।

उहाँले एमसीसीको पढेर मात्र विरोध गर्न आग्रह गर्दै पढेकाहरु भनिएकाबाट नै विरोध हुँदा आफुलाई अचम्म लागेको बताउनुभयो । उहाँले एमसीसी पारित भए नेपालमा अमेरिकी सेना आउछ भन्ने कल्पना छाड्न आग्रह गर्दै भावि पुस्ताले विकासको रुप देख्न पाउने गरी नेपालमा एमसीसी उपस्थिति देखिने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भारतसंग भएको महाकाली सन्धिको पनि प्रतिरक्षा गर्दै सन्धिमा नेपाल कहिं पनि नचुकेको बताउनुभयो । उहाँले सन्धिको पाना पल्टाएर पढ्न र हेर्न चुनौति दिदै नेपाल र भारतको सीमाना पनि त्यो सन्धिमा प्रष्ट उल्लेख भएको बताउनुभयो ।

महाकाली नदीलाई दुई देशको सीमा मानिएको उल्लेख गर्दै उहाँले कालीको मुहानबारे पनि सन्धिमा प्रष्ट लेखिएको बताउनु भयो ।

आफुले संसदमा कस्ले के बोले सुनेको र रेकर्ड कसैको पनि नमेटिने भन्दै आफुले बोलेका कुराहरु हेर्न र कुनै गल्ती भए देखाउन चुनौती पनि दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com