४ असार २०७७, बिहीबार

काठमाडौं, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरसको संक्रमण बढ्न नदिन भइरहेको प्रयासहरु सराहनीय रहेको बताउनु भएको छ ।

बिहीबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाबाट मृत्यु हुनेको वास्तविक संख्या ३ रहेको हुन सक्ने बताउँदै २० जनाको मृत्यु भएको तथ्य आएपनि यो संख्या वास्तविक नभएको जिकिर गर्नु भयो ।

उहाँले नेपालको उपचार विधि र नेपालीको प्रतिरोधी क्षमताका कारण पनि कोरोनाका कारण मृत्यु हुनेको संख्या धेरै कम भएको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भारतबाट पछिल्लो समय आएका मानिसहरुबाट कोरोना संक्रमण वृद्धि भएको दोहो¥याउदै कोरोना भाइरसको परीक्षण बढाएर अब व्यापक बनाएर लगिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले ठूलो संख्यामा बाहिरबाट मानिसहरु आउँदा परीक्षण र क्वारेन्टाइनको व्यवस्थापनमा समस्या भएको बताउनु हुँदै स्थानीय तहहरुले गरेको काम सराहनीय र प्रभावकारी भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्नका लागि सडक प्रदर्शन पनि भएकोमा असन्तुष्टि व्यक्त गर्दै सरकारले खर्च गरेको १० अर्ब पारदर्शी भएको दावी दोहो¥याउनु भयो ।

काम भइरहेको बेला विरोध गर्नुको कुनै तुक नरहेको बताउदै उहाँले सडक संघर्ष सरकारलाई बदनाम गर्न चालिएको षडयन्त्र भएको दावी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV