४ असार २०७७, बिहीबार

एजेन्सी, ४ असार । एकै दिनमा चीनमा कोरोना संक्रमणको २८ नयाँ घटनाहरू देखिएको छ । ति मध्ये २१ वटा घटना राजधानी बेइजिङमा भेटिएको जनाइएको छ ।

विगत केही दिनहरुमा, बेइजिङमा संक्रमणको कारण केसहरु द्रुत गतिमा बढ्दै छन् । संक्रमणको नयाँ केसहरू वृद्धि हुँदै गएको कारण, बेइजिङ यात्राका धेरै क्षेत्रहरू बन्द गरिएका छन् र धेरै प्रतिबन्धहरू लागू गरिएको छ ।

संक्रमणको प्रसार केन्द्र बेइजिङको ठूलो खाद्य बजार भएको पनि विश्वास गरिएको छ । कोरोनाको नयाँ केसहरु आएको भन्दा पहिला ५७ दिनसम्म कुनै संक्रमित देखिएको थिएन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV