४ असार २०७७, बिहीबार

एजेन्सी, ४ असार । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको उपचार गर्न मलेरिया औषधि हाइड्रोक्साइक्लोरोक्वाइनको प्रभावमाथि चलिरहेको अनुसन्धानमा रोक लगाएको छ ।

हाइड्रोक्साइक्लोरोक्वाइन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा कमी नआएपछि अनुसन्धानमा रोक लागइएको हो ।
संयुक्त राष्ट्र संघको स्वास्थ्य एजेन्सीले भनेको छ, ‘भर्खरको अनुसन्धानले हाइड्रोक्सीक्लोरोक्वाइनले अस्पतालमा भर्ना भएका कोरोना बिरामीहरूको मृत्यु हुने संख्या घटाउन नसकेको देखाएको छ ।’

हाइड्रोक्सीक्लोरोक्वाइनको बारेमा विश्वव्यापी रूपमा धेरै चासो बढेको छ । यो संक्रमित मानिसहरूलाई उपचार गर्नका साथै संक्रमणबाट जोगाउन पनि प्रयोग भइरहेको छ। यो औषधि मुख्यतया मलेरिया र जोर्नी दुखाइको उपचारमा प्रयोग हुन्छ, तर कोरोनाको उपचारमा यो प्रभावकारी छ भन्ने कुनै प्रमाण छैन।

अनुसन्धानको रिपोर्ट द ल्यान्सेटमा प्रकाशित भएपछि संसारभरि चलिरहेका मुद्दाहरूमा प्रतिबन्ध लगाइएको छ। अनुसन्धानले यस औषधिका कारण हुने मृत्युको संख्या बढेको र केही बिरामीहरूमा मुटुको समस्या बढेको दावी गरेको  छ। अनुसन्धानपछि डब्ल्यूएचओ र अन्य संस्थाहरूले परीक्षण बन्द गरे । यद्यपि लान्सेटलेपछि यस अनुसन्धानलाई फिर्ता लिन अस्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV