कोभिड १९ र अर्थतन्त्र : पर्यटन र उड्डयन क्षेत्रमा परेको प्रभावबारे सीएनआईको वेबिनार बहस आज



प्रकाशित मिति : Jun 18, 2020

काठमाडौं, ४ असार । नेपाल उद्योग परिसंघ (सीएनआई)ले इकोनोमिक सरभाइभल वेबिनार श्रृंखला २०२० को निरन्तरता दिँदै आज पर्यटन, आतिथ्यता र उड्डयन क्षेत्रको विषयमा छलफल गर्दै छ ।

आज साँझ ४ बजे देखि सवा ५ बजे सम्म हुने वेबिनारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सम्बोधन गर्नुहुने सो वेबिनारको न्यूज २४ टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।

सो वेबिनारमा परिसंघको राष्ट्रिय परिषद् सदस्य तथा श्री एयरलाइन्सका प्रमुख सुधीर मित्तलले विषय प्रस्तुति दिनुहुने छ । होटलसंघ नेपालका अध्यक्ष सृजना राणाले हस्पिटालिटी उद्योगको अवस्था र रिकभरीका उपायबारे धारणा राख्नु हुनेछ ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डाक्टर धनन्जय रेग्मीले समग्र पर्यटन क्षेत्रको अवस्थाबारे बोल्नु हुनेछ । यसैगरी परिसंघका अध्यक्ष सतिशकुमार मोरले समग्र कोभिड १९ ले अर्थतन्त्रमा परेको प्रभावबाट बचाउन भएका प्रयास सँगसँगै अति प्रभावित पर्यटन उद्योगलाई बचाउन भएका प्रयासबारे जानकारी सँगै स्वागत गर्नुहुने कार्यक्रम छ ।

परिसंघको पर्यटन समितिका संयोजक पम्फा धमलाले संयोजन गर्नुहुने सो वेबिनारको समापन मन्तव्य परिसंघका उपाध्यक्ष अनुज अग्रवालले गर्नुहुने छ । सो वेबिनार हेर्न र सुन्न परिसंघको फेसबुक पेजमा पनि लाइभ हुनेछ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com