४ असार २०७७, बिहीबार

नवलपुर, ०४ असार । छुवाछूत विरुद्धको नेपाली कथानक चलचित्र फुर्केको टिमले नवलपुर जिल्लाको मध्यविन्दु जिल्ला अस्पताल परिसरमा अगरवूडको बिरुवा रोपेको छ । फुर्केका निर्माता देवेन्द्र खड्का र एमबी राउत सहितको टोलिले जिल्ला अस्पताल परिसरमा अगरवूड जातको बिरुवा रोपेको हो।

विशेष गरि अगरवूड जातको रुखको भित्रि भागबाट निकाल्निने तरल पदार्थबाट सुगन्धित सामाग्री निर्माण गर्न बहुमुल्यमा बिक्री हुने भएकाले जिल्ला अस्पतालमा बृक्ष रोपण गरिएको निर्माता देवेन्द्र खड्काले जानकारी दिनुभयो ।

चलचित्र फुर्केमा दीपक ढकाल, सुरेन्द्र बुढाथोकी, सुनिल सिंह, कशिस दाहाल, नैना राना, उतम केसी, सिदान्त लगायतको अभिनय रहेको छ । देबेन्द्र खड्का र मानबहादुर राउत निर्माता रहेको चलचित्रको सह–निर्माता कल्पना मरहठ्ठा शाही र आषिस रहेका छन् । चलचित्रका कार्यकारी निर्माता बखत बिष्ट हुन् ।

नविन पन्तको लेखन, बासु बरालको छायाँकन, श्रृजन बरालको नृत्य, रोशन बुधथापा र नरेन्द्र रावलको संगीत, सुवास देवकोटाको सम्पादन रहेका चलचित्र छ । साथै निर्माता देवेन्द्र खड्काकी १ बर्षीय छोरी प्रान्सु खड्काको पहिलो जन्मोउत्सवका रहेको थियो ।

वृक्ष रोपणको समुद्धधाटन गर्दै कावासोति नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनियाले समाज रुपान्तरणमा कलाकर्मिले खेलेको भुमिका शरानिय रहेको भन्दै जिल्ला अस्पताल परिसरमा बहुमुल्य जडिबुटीको रुपमा समेत नेपाल सरकारले सुचिकृत गर्न लागेको बिरुवा रोपण गर्नु राम्रो कार्य भएको भन्दै प्रशंसा समेत गर्नुभएको थियो ।

बृक्षरोपण कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका पदाधिकारी, मेडिकल सुपरिटेण्ट, वडा न १६ का वडा अध्यक्ष एकादत्त बस्ती, नवलपुर उघोग बाणिज्य संघका अध्यक्ष डासुराज पोखरेल अग्यौली खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सोभित शर्मा, नवलपुर ड्राईभिङ संघका अध्यक्ष प्रविण सापकोटा, गायक मुकेश रसाईली, समाजसेवी किरण भुतेल तथा संचारकर्मीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV