४ असार २०७७, बिहीबार
  • मनोज श्रीवास्तव

कपिलवस्तु, ४ असार । कपिलवस्तुमा कोभिड-१९ थप १६ जनामा पोजेटिभ पुष्टि भएको छ । यससँगै कपिलवस्तुमा काेराेना संक्रमितको संख्या ६७३ पुगेको स्वास्थ्य कार्यालय, कपिलवस्तुले जनाएको छ ।

संक्रमण भेटिएकाहरूमा वाडगंगा नगरपालिकाका वडा नम्बर २ का वर्ष ३४ का १ पुरुष छन् । यसैगरी शिवराज नगरपालिका वडा नम्बर ५ का २३ वर्षका १ जना पुरुष, वडा नम्बर ७ का ३ महिना र ९ वर्षका २ बालक, वडा नम्बर ९ का वर्ष १०,३१,५० का पुरुष ३ जना पुरुष र वर्ष ३८ की १ जना महिला गरी कुल ७ जना रहेका छन् ।

यस्तै मायादेवी गाउँपालिका वडा नम्बर १ का वर्ष १८,२६,३१,३५,३५ का ५ जना पुरुष र वर्ष २५ की १ जना महिला, वडा नम्बर २ का वर्ष ४० का १ जना पुरुष र वडा नम्बर ८ का वर्ष ३५ का १ जना पुरुष गरी कुल ८ जना रहेका छन् । संक्रमित पाइएका सबैको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौँमा परीक्षण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV