४ असार २०७७, बिहीबार
  • कृष्ण विष्ट

बैतडी, ४ असार । आज (बिहीबार) बैतडीका थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडाैँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणबाट आरडीटी पोजेटिभ देखिएका बैतडीका थप २५ जनाकाे पीसीआर रिपाेर्ट पनि पाेजेटिभ आएकाे जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि हुनेमा जिल्लाको दशरथचन्द नगरपालिकाका १० जना, गिसास गाउँपालिकाका ६ जना, पञ्चेश्वर गाउँपालिकाका ४, सुर्नया गाउपालिकाका ३ जना र पाटन नगरपालिकाका २ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV