४ असार २०७७, बिहीबार
  • मनिराज पाण्डे

सर्खेत, ४ असार । को आकस्मिक (इमरजेन्सी) कक्ष सिल गरिएको छ । उपचार गराइरहेका तीन जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण देखिएपछि अस्पतालको आकस्मिक कक्ष सिल गरिएको हो । त्यहाँ कार्यरत ४२ जना स्वास्थ्यकर्मीको टोली हाल क्वारेन्टाइनमा बसेको छ ।

जेठ ३१ गते सुर्खेतका एक जना र ३२ गते दैलेखका दुई जना बिरामी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए । आकस्मिक कक्षमा भर्ना भएका सबै बिरामीको स्वाब संकलन गरेर कोरोना परीक्षण गर्दै आएकोमा बुधबार उनीहरु तीनै जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

उपचार गराइरहेका तीनै जनामा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको नियमित परीक्षण र रेखदेखमा खटिएका स्टाफ नर्स र एचए सहित ४२ जना स्वास्थ्यकर्मीको टोली क्वारेन्टिन बसेको प्रदेश अस्पतालका निर्देशक डा. डमर खड्काले बताउनु भयो ।

दैलेखका दुई जना बिरामीमध्ये एक जना विगत आठ महिनादेखि टीबीका बिरामी थिए । दैलेखका एक र सुर्खेतका एक जनाले भने विष खाएपछि उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV