४ असार २०७७, बिहीबार

बेलबारी, ४ असार । बेलबारी नगरपालिकाको जनता आवास कार्यक्रममा उपप्रमुख ढाका कुमारी पराजुलीले जनताको पसिना मिश्रित बजेट एक रुपैयाँ घोटाला हुन नदिने बताइकी छन् । जनता आवास कार्यक्रम विवादको चर्चामा आएसँगै पराजुलीले घोटाला हुन नदिने बताएकी हुन ।

पराजुलीले अनुगमनलाई कडाइ गर्ने बताउँदै विकास निर्माणका योजनालाई कमाउने माध्यम बनाउनेको भण्डाफोर गर्ने उनले बताइन । उनले भनिन, ‘म आफैँ यस्तो मान्यता राख्ने मान्छे हुँ कि, अनियमितता गरी कमाएको पैसा मार्फत मेरो घरमा एक मुठी चामल, एक पात साग समेत नभित्रियोस् भन्ने मान्यता राख्छु । त्यस कारण म भ्रष्टाचार र अनियमितताको सधैँ विरोधी हुँ । हाम्रो नगरपालिकाको विकास निर्माणका योजनाहरूलाई कमाउने भाँडो बनाएर कोही आउँछ भने त्यसको भण्डाफोर गर्छु ।’

तर बेलबारी वाड न.३ मा मंगलबार भएको अनुगमनमा भने फेरी अर्को कमजोरी भेटिएको छ । यस भन्दा अगाडी गुणस्तरहीन बालुवा थियो भने अहिले सम्झौता अनुसारको जस्तापाता टिन प्रयोग भएको छैन । घरको छानोमा ०.४१ मी.मीको प्लेन जस्तापाता टिनको प्रयोग गर्ने भनिएकोमा ०.३२ मी.मीको प्रयोग गरिएको पाइएको छ । केही गुणस्तर हिन इँटा पनि भेटिएको पराजुलीले बताइन ।

उक्त टिन परिर्वतन गर्न र गुणस्तरहीन इँटा फिर्ता गर्न निर्देशन गरीसकेको पराजुलीले बताइन । अनुगमन पछि गुणस्तर हिन बालुवा पनि फिर्ता गराइसकेको उनले बताएकी छन् । अनुगमनलाई कडाइ गरेर कुनै पनि भ्रष्टाचार हुन नदिने पराजुली बताउ छिन ।

उनले भनिन, ‘हामी अहिले जनता आवास मार्फत गरिबको जनताको घर बनाउँदै छौँ । तपाईँ आफैँ भन्नोस्, गरिबलाई सहयोग गर्ने कि शोषण ? तसर्थ अनुगमन समिति कडाइका साथ प्रस्तुत हुन्छ । ढुक्क हुनुहोस्, जनता आवासमा भ्रष्टाचार हुन दिन्नँ ।’ अनुगमनका क्रममा केही कमीकमजोरी देखिए पनि नगरपालिकाले अहिले सुधार्न निर्देशन दिएको छ । घोटाला विषय चर्चामा आए पनि पुष्टि भने अहिले सम्म भएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV