भक्तपुरमा प्रहरी र स्थानीयसहित ४ जनामा कोरोना संक्रमण, प्रहरीको सञ्चार कक्ष सिलबन्दी



प्रकाशित मिति : Jun 18, 2020

भक्तपुर, ४ असार । भक्तपुर अस्पतालमा स्वाब संकलन गरिएका चार जनामा बुधबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनीहरुलाई थप उपचारको लागि टेकु अस्पताल र पाटन अस्पतालमा लगिएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले बताउनु भयो ।

जस्मा चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङ बस्ने वर्ष ३२ का भक्तपुरमा कार्यरत पुरुष प्रहरी, भक्तपुर नगरपालिका वडा नं.६ भोलाछेंका २२ वर्षीय युवक, चितवन घर भई हाल ललितपुर टिकाथली बस्ने वर्ष ५० को पुरुष र कुवेतबाट जेठ ३० गते फर्किएर नवलपरासी गैंडाकोट स्थायी घर भएकी २२ वर्षीय महिलामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख मिजारले बताउनुभयो ।

त्यस्तै महानगरिय प्रहरी परिसर भक्तपुरको सञ्चार शाखामा कार्यरत प्रहरीमा बुधबार कोरोना भाइरस पोजेटिभ पुष्टि भएको हो । उनीलाई बुधबार कोरोना भाइरस संक्रमण पुष्टि भएपछि  बुधबारबाटै सञ्चार शाखामा शिल गरिएको र त्यहाँ कार्यरत अन्य कर्मचारीलाई सञ्चार शाखामै क्वारेन्टाइन गरी राखेका एसपी प्रधानले बताउनुभयो । उहाँका अनुसार बिहीवार कन्टाक्ट ट्रेसीङ गरी स्वाब संकलन पनि गरिनेछ ।

चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङ बस्ने वर्ष ३२ का प्रहरी कर्मचारी सन्चो नभएकोले ४ दिनअगाडिदेखि घरमै बस्दै आएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानले बताउनुभयो ।

भक्तपुरका स्थानीय संक्रमित युवक बस्ने वडा नं. ६ भोलाछें टोलमा पनि उनी बस्ने घर भएको गल्लीमा प्रहरीले पूरै शिल गरेको छ ।

त्यस्तै नवलपरासी गैंडाकोट स्थायी घर भएकी २२ वर्षीय महिला कुवेतबाट जेठ ३० गते फर्किएर भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरण तालिम केन्द्रको क्वारेन्टाइनमा बस्दै आएकी हुन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com