इंग्लिस प्रिमियर लिग : गएराति २ खेल सम्पन्न, म्यानचेस्टर सिटीको आर्सनलमाथि फराकिलो जीत



प्रकाशित मिति : Jun 18, 2020

काठमाडौं, ०४ असार । कोरोना भाइरसको संक्रमण फैलिएपछि रोकिएको इंग्लिस प्रिमियर लिग गएरातिबाट सूरु भएको छ । गएराति दुई खेल पुरा भएका छन् । जसमा म्यानचेस्टर सिटीले आर्सनलमाथि ३-० को फराकिलो जीत निकालेको छ ।

आफ्नै मैदानमा भएको खेलको फाइदा उठाँदै सिटीले फराकिलो जीत निकालेको हो । सीटीको जीतमा हिम स्ट्रलिङले दोस्रो हाफअघि एक गोल गरेका थिए । त्यसपछि खेलको ५१ औं मिनेटमा पाएको पेनाल्टीलाई सही सदुपपयोग गर्दै २ गोल बनायो ।

आर्सनलका डिफेन्डर डेविड लुइजले डीबक्स भित्र फल गरेपछि सीटीले पेनाल्टी पाएको थियो । फलपछि रातोकार्ड पाएक डेविड लुइज मैदान कबाहिरिनु परेको थियो । जसका कारण आर्सनल १० खेलाडीमा सीमित भयो । त्यसपछि खेलको इन्जुरी समयमा गोल गर्दै सीटीले ३-० को जीत निकालेको हो ।

सिटीका लागि तेस्रो तथा अन्तिम गोल फोडेनले गरेका थिए । कोरोना कहरले स्थगित भएपछि संचालन भएको पहिलो खेलमा जीत निकालेको सिटीले २९ खेलबाट ६० अंक बनाएको छ। त्यस्तै ४० अंकसहित आर्सनल नवौं स्थानमा रहेको छ। यसैबीच गएराति नै भएकाे अर्को खेलमा एस्टन भिल्ला र सेफिल्ड युनाइटेड भिडेका थिए । उनीहरुले गोलरहित बराबरी खेलेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com