४ असार २०७७, बिहीबार

काठमाडाैं, ४ असार । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।

अहिले एसियाकै महामारी केन्द्र बनिरहेकाे भारत विश्वमा काेराेना संक्रमित देशकाे लहरमा चाैथाे स्थानमा छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी काेराेना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् ।

अहिले भारतमा काराेनभाइरसबाट मृत्यु हुनेकाे संख्या १२ हजार नाघेकाे छ । वर्डाेमिटर्सका अनुसार बिहीबार बिहानसम्म भारतमा काेराेनाभइरसबाट मृत्यु हुनेकाे संख्या १२ हजार २६२ पुगेकाे छ । पछिल्लो २४ घण्टाको अवधिमा भारतमा ३ सय ४१ जनाकाे मृत्यु भएकाे छ भने १३ हजार १०३ जना कोरोना सङ्क्रमित भेटिएका छन् ।

योसँगै देशभरी अहिलेसम्म सङ्क्रमितको संख्या ३ लाख ६७ हजार २६४ पुगेकाे छ । बुधबार बिहानसम्म भारतमा संक्रमितकाे संख्या  ३ लाख ५४ हजार १६१ थियाे भने काेराेबाट मृत्यु हुनेकाे संख्या ११ हजार ९२१ थियाे ।

अहिले भातरमा १ लाख ६० हजार ५६४ जना सङ्क्रमित अवस्था मै रहेका छन् । तीमध्ये ८ हजार ९४४ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । त्यसैगरी १ लाख ९४ हजार ४३८ जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।

भारतमा पछिल्लो समयमा लकडाउनलाई खुकुलो बनाउदै लगिएको र परिक्षणको मात्रा पनि बढाइएकाले सङ्क्रमितहरुको संख्या धेरै देखिँदै गएको अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV