गण्डकी प्रदेशमा थपिए ४२ कोरोना संक्रमित, मनाङमा पनि पहिलाेपटक देखियाे काेराेना



प्रकाशित मिति : Jun 18, 2020

पोखरा, ४ असार । गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायका अनुसार पूर्वी नवलपरासीमा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ थपिनेमा पूर्वी नवलपरासी मध्यबिन्दु नगरपालिकामा १५ जना २१ देखि ३९ वर्षसम्मका युवाहरू रहेका छन् । २ जनाकाे भने उमेर नखुलेकाे निर्देशनलायले जनाएकाे छ ।

तनहुँका गैंडाकाेट नगरपालिकामा १ जना, ऋषिङ गाउँपालिकामा ७ जना,  शुक्लागण्डकी नगरपालीकामा १ जना र भानु नगरपालिकामा ४ जनामा काेराेना संक्रमण देखिएकाे हाे । उनीहरू सबै पुरूष रहेका छन् ।

त्यस्तै गाेरखाका पालुङटार नागरपालिकामा ६ जना पुरूष र एकजना महिलामा काेराेना देखिएकाे छ । गाेरखाकै शहिद लखन गाउँपालिकामा पनि ४ जना पुरूषहरूमा काेराेना संक्रमण देखिएकाे छ ।

हिमाली जिल्ला मनाङमा कोरोना संक्रमण देखिएको पहिलो पटक हो । गण्डकी प्रदेशमा अब मुस्ताङबाहेक १० वटै जिल्लामा कोरोना संक्रमित फेला परेका छन् ।

अहिले काेराेनाभाइरस ७४ जिल्लामा फैलिएको छ । प्रदेश १ मा ओखलढुंगा, बागमती प्रदेशमा रसुवा र  गण्डकी प्रदेश मुस्ताङमा भने अहिलेसम्म काेराेना देखा परेकाे छैन ।

 

 

 

 

 

 


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com