एमसीसीबारे छिनोफानो गर्न नेकपा स्थायी कमिटी बैठक असार १० गते बस्ने



प्रकाशित मिति : Jun 17, 2020

काठमाडौं, ३ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक असार १० गते बस्ने भएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहालबीच बुधबार साँझ भएको भेटमा स्थायी कमिटी बैठकको उक्त मिति तय भएको हो ।

असार १० मा बस्ने नेकपाको स्थायी कमिटी बैठक पार्टीभित्र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लगायतका मुद्दामा भइरहेको विवादको विषयमा छलफल हुने जनाइएको छ ।

त्यस्तै, एमसीसीको छिनोफानो अब त्यहीँबाट हुने सम्भावना बढेको जनाइएको छ । नेकपाभित्रै एमसीसीलाई लिएर विवाद चलिरहेको छ, भने एमसीसी सम्झौता कार्यान्वयनका लागि १६ असारभित्र संसद्बाट निर्णय गरिसक्नुपर्ने भएकाले नेकपा नेतृत्व छिटो टुंगो लगाउनुपर्ने दबाबमा छ ।

यस अगाडि वैशाख ३१ गते बोलाइएको स्थायी कमिटी बैठक अनिश्चतकालका लागि स्थगित भएको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com