
- शीतल भट्ट,
कैलाली, ३ असार । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण कैलालीका एक जनाको ज्या’न गएको छ ।
सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले न्यूज २४ लाई दिनुभएको जानकारी अनुसार ज्या’न गुमाउने व्यक्ति कैलालीको धनगढी नगरपालिका वडा नम्बर ४ का ४६ बर्षीय पुरुष हुन् ।
श्रेष्ठका अनुसार स्वास्थ्यमा समस्या देखिए पछि धनगढीको नवजीवन अस्पतालमा उपचार गर्न पुगेको ती पुरुषमा कोरोना पुष्टि भएको थियो ।
गत शनिबार कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको थियो ।
उपचारको क्रममा नै उनको बुधबार साँझ मृत्यु भएको हो । योसंगै नेपालका कोभिड १९ संक्रमणबाट ज्या’न गुमाउनेको संख्या २१ पुगेको छ ।