३ असार २०७७, बुधबार
  • घनश्याम मिश्र,

महोत्तरी, ३ असार । महोत्तरीको सम्सी गाउँपालिकामा २७३ जना कोरोना संक्रमित फेला परेपछि गाउँपालिकालाई ७२ घण्टाको लागि सिल गरिएको छ ।

सम्सीमा यति धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएपछि ३ दिनको लागि पालिकालाई सिल गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिए ।

आज राति १२ बजेदेखि शनिवार १२ बजे रातिसम्मको लागि औषधि पसल, एम्बुलेन्स, स्वास्थ्य सेवा, मृत्युसंस्कार बाहेक सम्पूर्ण क्रियाकलाप बन्द गरिएको प्रमुख जिल्ला अधिकारी कटवालले जानकारी दिए ।

महोत्तरीमा कुल ५ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमध्ये सम्सी गाउँपालिकाका मात्र २ सय ७३ जनामा कोरोना संक्रमित देखिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV