३ असार २०७७, बुधबार

एजेन्सी, ३ असार । भारत चीनका सैनिकबीचको हिंसात्मक झडपपछि भएको तनावको स्थितिको समयमा भारतका विदेश मन्त्री एस जयशंकरले चीनका विदेश मन्त्री वांग यीले बुधबार फोनमा कुराकानी गरेका छन् ।

वार्तापछि भारत सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ‘सोमबार राति भएको हिंसाको घटनाप्रति भारतले विरोध जनाएको छ र उक्त घटना चीनको उत्तेजक र पूर्वसूचित रणनीति अन्तर्गत भएको थियो, जसले हिंसालाई निम्त्यायो र भारतीय सिपाहीहरू मरे ।’

चीनका विदेश मन्त्री यीले भने उक्त घटनामा भारतको गल्ती गरेको बताएका थिए । यद्धपि दुई नेताले कुराकानीलाई जोड दिदै भनेका छन्, भारत र चीनले नरेन्द्र मोदी –शि जिनपिङबीच भएको सहमति अनुसरण गर्नुपर्छ। विज्ञप्तिमा पनि गलवान उपत्यकामा हिंसात्मक झडपपछि उत्पन्न भएको अवस्थाको सामना गर्न दुबै पक्ष सहमत भएको उल्लेख छ ।

सैन्य तहका वार्तामा भएको सम्झौताको आधारमा अब यी कदमहरू चाल्ने दुबै देशहरू तयार रहेको जनाइएको छ । दुबै पक्ष सीमामा शान्ति कायम गर्न सहमत भएको पनि विज्ञप्तीमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV