मेलम्ची खानेपानी आयोजना उद्घाटनको तयारी भइरहेको छ : खानेपानी मन्त्री मगर



प्रकाशित मिति : Jun 17, 2020

काठमाडौं, ०३ बैशाख । खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजना उद्घाटनको तयारी भइरहेको बताउनुभएको छ ।

बुधबार राष्ट्रिय सभा बैठकमा खानेपानी मन्त्रालयको बजेटमाथि जवाफ दिने क्रममा मन्त्री मगरले असार भित्रै मेलम्चीको सुरुङको परीक्षणको तयारी भइरहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘मेलम्ची खानेपानी आयोजना कार्यान्वयनको क्रममा भूकम्प, समय–समयमा समाधान गर्नुपर्ने विभिन्न अवरोध, निर्माण मजदूर र कर्मचारीहरुको आन्दोलन, पटक–पटक ठेक्का तोड्नुपर्ने बाध्यत्मक अवस्था तथा हालको कोभिड–१९ को प्रकोपलगायत कठिनाइका बावजुद पनि आयोजनाको प्रथम चरणको कार्यलाई तीब्रता दिई चालू आर्थिक वर्ष भित्र आयेजनाको आधारभूत कार्य सम्पन्न गरी पानी पठान्तरण गरिनेछ ।’

त्यस्तै, उहाँले थप्नुभयो, ‘आगामी आर्थिक वर्षको सुरु अवधिमा काठमाडौं उपत्यकाभित्र पानी वितरण गर्ने गरी काम भइरहेको छ । अनगिन्ती चुनौतीका बावजुदपनि मेलम्ची आयोजनाको उद्घाटन गर्ने तयारी रहेको जानकारी यस सम्मानित सभालाई गराउन पाउँदा गौरवान्भित छु । त्यो दिन नेपाल र नेपालीका लागि गौरवको दिन हुनेछ ।’


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com