सल्यानमा २५ जना नयाँ संक्रमित थपिए, संक्रमितको संख्या १ सय ६२ पुग्यो



प्रकाशित मिति : Jun 17, 2020
  • आशिष केसी,

सल्यान, ३ असार । सल्यानका थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएका पीसीआर परीक्षणमा जिल्लाका थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बागचौर नगरपालिकाका ९ जना, त्रिबेणी गाउपालिकाका ५ जना, सिद्ध कुमाख गाउपालिकाका ३ जना, कालिमाटी गाउपालिकाका २ जना र कुमाख गाउपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको हो ।

योसँगै सल्यानमा कोरोना संक्रमितको संख्या १ सय ६२ पुगेको छ । संक्रमित मध्ये ५४ जना निको भएर घर डिस्चार्ज भइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com