३ असार २०७७, बुधबार
  • मनिराज पाण्डे

कालिकोट, ३ असार । कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कालिकोट सदरमुकाम मान्म

प्रदेश अस्पताल सुर्खेत पशुपंक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणबाट दैलेख २ र सुर्खेतका २ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणबाट कालिकोटका १४ जनामा कोरोना पुष्टि भएको छ ।

आज महाबु आइसोलेसन सेन्टर दैलेख बाट १स ६ जना, नारायण आइसोलेसन सेन्टर र दैलेख अस्पतालबाट ४३ जना र प्रदेश अस्पताल सुर्खेतबाट ३ जना गरी कुल १ सय ५२ जना डिस्र्चाज भएका छन् ।

कर्णाली प्रदेशमा डिस्र्चाज हुनेको संख्या ४ सय ९४ पुगेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV