३ असार २०७७, बुधबार

एजेन्सी, ३ असार । अमेरिकाको छ वटा राज्यमा एकै दिनमा हालसम्मकै सबैभन्दा बढी संक्रमित फेला परेका छन् ।

टेक्सास, फ्लोरिडा, ओक्लाहोमा, एरिजोना, नेभाडा र ओरेगनमा मंगलबार सब भन्दा बढी घटनाहरू देखा परेको जनाइएको छ। केही स्वास्थ्य अधिकारीहरूले यसलाई कोरोनाको बढ्दो उछालकोरुपमा लिएका छन् ।

टेक्सासका गभर्नरले यो संख्या केही हदसम्म बढेको देखिएको बताउँदै अहिले धेरै परीक्षणहरू भइरहेकोले संख्या बढी देखिएको बताएका छन् ।

ओरेगनमा एउटा चर्चले गर्दा २०० भन्दा बढी व्यक्ति संक्रमित भएको पनि अधिकारीहरुले उल्लेख गरेका छन् र
यिनै समाचारहरुका कारण पनि अमेरिकामा बढ्दो चिन्ता छ कि महामारीको नयाँ रुप त्यहाँ सुरू हुँदैछ ।

तर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यसलाई अस्वीकार गरे । उनले सोमबार एक अवसरमा भने ‘यदि परीक्षण बन्द गर्ने हो भने घटनाहरु थोरै देखा पर्ने छन । ’

प्रतिक्रिया दिनुहोस्
LIVE TV