३ असार २०७७, बुधबार

बेइजिङ , ३ असार । चिनियाँ अधिकारीहरूले बेइजिङ आउने र जाने एक हजार भन्दा बढी हवाई उडानहरू रद्द गरेका छन् । चीनमा कोरोना भाइरसको दोस्रो छालको खतरालाई ध्यानमा राख्दै यो कदम चालिएको हो।

बुधवार पनि बेइजिङमा कोरोना भाइरसका ३१ नयाँ संक्रमणहरु फेला परेको छ । गत सातादेखि बेइजिङमा देखिन थालिएको संक्रमण बढ्दै जाँदा संक्रमित हुनेहरूको संख्या १ सय ३७ पुगेको छ।

बेइजिङमा विद्यालयहरू फेरि खोल्नु पर्ने थियो, तर खोल्ने तयारीमा रहेका ती विद्यालयहरू फेरि बन्द गर्न आदेश दिइएको जनाइएको छ । यस बाहेक, चिनियाँ नागरिकहरूलाई राजधानी प्रवेश नगर्न आग्रह गरिएको छ।

बेइजिङमा कोरोन भाइरसको संक्रमणको कुनै केस भेटिएको थिएन। तर पछिल्लो हप्तादेखि, फेरि द्रुत गतिमा कोरोना संक्रमित बढ्न थालेका छन्।

LIVE TV