
- मनिराज पाण्डे,
कालिकोट, ०३ असार । रुकुम घटनामा ज्यान गुमाएकाहरुको परिवारलाई कर्णाली प्रदेश सरकारले एक/एक लाख रुपैयाँ राहत दिने भएको छ ।
रुकुम घटनामा ज्यान गुमाएका जाजरकोटका ६ जनाको परिवारलाई एक लाखका दरले राहत उपलब्ध गराउने आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताउनु भयो ।
मृतकका परिवारलाई राहत दिने निर्णय मन्त्रिपरिषदको बैठकले गरेको हो । यस निर्णयले परिवारको पीडामा कम गर्ने अपेक्षा लिइएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा जाजरकोटका ६ जनाको ज्यान गएको थियो ।
भेरी नगरपालिका जाजरकोटका नवराज विक, सन्दिप विक, गणेश विक, टीकाराम सुनार, गोविन्द शाही र लोकेन्द्र सुनारले ज्यान गुमाएका थिए ।