३ असार २०७७, बुधबार

बेइजिङ, ३ असार । चीनले लद्दाखको गलवान उपत्यकामा भएको घटनाका लागि आफु जिम्मेवार नभएको प्रष्ट पारेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियान भने ‘ यस्मा सही र गल्ती विल्कुल प्रष्ट छ , यो घटना चीनको भूभागमा भएको छ , जस्ले लाइफ अफ कन्ट्रोलको मर्यादा कस्ले तोडेको हो प्रष्ट हुन्छ , त्यसैले पनि यस्मा चीनलाई जिम्मेवार ठहर्याउने ठाउँ छैन । ’

‘गलवान उपत्यकाको सम्प्रभूता सदैव चीनको साथमा छ , भारतीय सैनिकले सीमाको मर्यादा र दुई देशबीच कमाण्डर स्तरमा सम्पन्न वार्तामा भएको सहमतिको गम्भीर उल्लंघन गरेको छ ’ लिजियानले थपे ।

प्रवक्ता लिजियानले चीनले अब थप संघर्ष नचाहने पनि प्रष्ट पारे । उनले दुबै देशबीच कुटनीतिक र सैनिक स्तरमा वार्ता भइरहेको जानकारी पनि दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV