३ असार २०७७, बुधबार

काठमाडाैं, ३ असार ।  राष्ट्रियसभाका सांसद रमेशजंग रायमाझीले खेल क्षेत्रमा युवाहरूकाे भविष्य सुनिश्चित नभएकाे बताउनुभएकाे छ । बुधबार राष्ट्रियसभा बैठकमा बोल्दै उहाँले खेल क्षेत्रमा युवाहरूकाे भविष्य सुनिश्चित हुने कार्यक्रम ल्याउनुपर्ने बताउनुभयाे ।

‘म आफै पूर्व अन्तराष्ट्रिस्तरको खेलाडी हुँ, त्यो क्षेत्रमा मेरो भविष्य छैन भनेर आज म राष्ट्रसभामा आइपुगेको छु,’ उहाँले भन्नुभयाे, ‘मान्छेलाई आकर्षण गर्न सक्ने, खेलकुद क्षेत्रमा सहभागी हुन सक्ने र त्यहाँ मेरो भविष्य सुनिश्चित छ भन्ने खालको कुनै त्यस्तो आकर्षक कार्यक्रमहरू आएको देखिँदैन ।’

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV