जेठ २३ गते यूएईबाट आएका एक महिला र एक पुरुषमा कोरोना संक्रमणको पुष्टि
- रामगोपाल तमखु
भक्तपुर, ३ असार । जेठ २३ गते संयुक्त अरब इमिरेट्स यूएईबाट आएर भक्तपुरको खरिपाटीस्थित नेपाल बिधुत प्राधिकरण तालिम केन्द्रको क्वारेन्टाइनमा रहेका दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
एक जना महिला र एक जना पुरुषमा संक्रमण पुष्टि भए पछि थप उपचारको लागि टेकु अस्पताल लगिएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिनुभयो ।
गत जेठ २३ गते यूएईबाट आएका मध्य सोमवार सिन्धुली स्थाई घर भई काठमाडौं जोरपाटी बस्ने ३४ बर्षीय महिलालाई कोरोना संक्रमति पुष्टि भए पछि थप उपचारको लागि सोमवार टेकु अस्पतालमा लगिएको प्रमुख मिजारले बताउनु भयो ।
त्यस्तै जेठ २३ गते नै यूएईबाट नेपाल आएका अर्का एक पुरुषमा पनि संक्रमण पुष्टि भए पछि थप उपचारको लागि मंगलवार राति नै टेकु अस्पताल लगिएको छ ।
मोरङ उर्लावारी स्थायी घर भएका २९ बर्षी पुरुष भएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले बताउनु भयो । उनीहरु दुवै जना जेठ २३ गते एउटै बिमानबाट नेपाल फर्किएका हुन् । जेठ ३१ गते कुवेतबाट आएका एक जना समेत संक्रमणको पुष्टि भएपछि अहिले तीन जनाको टेकु अस्पतालमा उपचार भइरहेको छ ।
भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा कुवेतबाट फर्किएका ९ जना बालबालिका सहित १ सय ३ जना रहेका छन । त्यस्तै अहिले यहाँ भक्तपुर अस्पतालका ६ ,जापानका ४, दुवईका १२ जना गरी जम्मा १ सय २५ जना रहेकोमा दुई जनालाई कोरोना पुष्टि भएर टेकु अस्पताल लगे पछि अहिले १ सय २३ जना रहेका छन् ।
कुवेतबाट फर्किएका १ सय ३ जना र जापानबाट आएका ४ जना गरी १ सय ७ जनाको स्वाव संकलन गर्ने तयारी रहेको बीर दल गण सूर्य विनायकका प्रमुख कर्णेल शिब पौडेलले न्यूज २४ लाई जानकारी दिनुभयो ।