३ असार २०७७, बुधबार

काठमडाैं, ३ असार । राष्ट्रियसभाकी सांसद विमला राई (पौडेल)ले क्वारेन्टाइनकाे अवस्था दर्दनाक रहेको बताउनुभएकाे छ । बुधबार राष्ट्रियसभा बैठकमा बोल्दै उहाँले क्वारेन्टाइन अवस्था दर्दनाक भएकाे बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयाे, ‘सुरक्षाको स्थिति त कस्तो छ भने काठमाडौंमा महिला अधिकारकर्मीलाई डर लाग्यो हजुर, कोठामा चुक्कुल छैन भन्ने खालका फोनहरू पनि आउन थालेका छन्,  यो भन्दा दर्दनाक अवस्थाहरु के हुन्छ ?’

स्थानीयत तहमा भएका क्वारेन्टाइनहरू हेर्दा असाध्यै दुख लागेकाे पनि उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘हामी जनताको घरदैलोमा राम्रोसँग सेवा पुगोस भनेर हामी संघियतामा गएका हाैँ, स्थानीयत तहमा भएका क्वारेन्टाइनहरु हेर्दा असाध्यै दुख लाग्दो छ । महिला, बालबालिका तथा वृद्ध–वृद्धालाई असाध्यै गाह्रो भएको हामीले महशुस गरका छौँ ।’

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV