३ असार २०७७, बुधबार
  • सुमन कार्की

पाल्पा, ३ असार । पाल्पाको सदरमुकाम तानसेनमा सुविधा सम्पन्न बसपार्क निर्माण हुने भएको छ ।

राणाकालमा निर्माण भएको बसपार्क सवारी साधनको चाप बढेसंगै साँघुरो हुन थालेपछि सवारी पार्किङको समस्या देखिएको छ । यो समस्यालाई ध्यानमा राख्दै तानसेन बजारमा नयाँ बसपार्क निर्माण गर्न थालिएको हो ।

पाल्पाको तानसेनमा राणाकालमा बनेको बसपार्क साँघुरो हुँदै गएपछि र दुर्घटनाको उच्चजोखिम भएपछि स्थानीय चिन्तित बनेका थिए । तर अहिले नयाँ बसपार्क निर्माण हुने भएपछि स्थानीयवासीमा समेत खुशी छाएको छ ।

यसअघि बसपार्क निर्माणका लागि करोडौं बजेट विनियोजन हुँदै आएको थियो । तर बसपार्क निर्माण गर्न जग्गाको अभावका कारण उक्त रकम फिर्ता जाने गरेको थियो ।

पछिल्लो समय स्थानीय सरकार बनेपछि र स्थानीयको दवावका कारण तानसेनको वनदेबी सामुदायिक वनमा सुबिधा सम्पन्न बसपार्क बन्न थालेको हो । बन्दाबन्दीको मौका पारेर रुख कटान गर्ने काम भइरहेको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताउनुभयो ।

जिल्जा डिभिजन वन कार्यालय र नगरपालिकाबीच सम्झौता भएपछि वनदेवी सामुदायिक वनको जग्गामा आधुनिक बसपार्क निर्माण हुन थालेको हो ।

वनको एक सय रोपनी जग्गामा बसपार्क निर्माण गर्ने र नगरपालिकाले वनलाई अर्को ठाउँमा उक्त जग्गा दिने भएपछि सम्झौता भएको जिल्ला डिभिजन वन कार्यलयका प्राविधिक तिलकराम घिमिरेले बताउनु भएको छ ।

व्यवस्थित बसपार्क टर्मिनलको निर्माणपछि सवारीसाधन अलपत्र अवस्थामा पार्किङ्ग गर्नु पर्ने समस्या हुँदै आएको थियो । अव यो बसपार्क निर्माण भएपछि सवारीसाधान पार्किङको समस्या हट्ने छ भने जस्ले पाल्पाको पर्यटकीय क्षेत्रमा समेत टेवा पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV