३ असार २०७७, बुधबार

एजेन्सी, ३ असार । संयुक्त राष्ट्र संघले लद्दाखमा भएको घटनामाथि दुःख व्यक्त गरिएको छ । उक्त क्षेत्रमा सोमबार भारतीय र चिनियाँ सेनाबीच ठूलो झडप भएको थियो ।

सोमबार लद्दाख क्षेत्रमा भएको हिंसात्मक झडपमा परी ज्यान जानेको भारतीय सेनाको संख्या २० पुगेको छ भने ५ चिनियाँ सेनाको पनि ज्यान गएको खबर भारतीय सञ्चार माध्ययमको दावी छ ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसमार्फत सहप्रवक्ता एरी कानेकोले जारी गरिएको विज्ञप्तिमा सोमबारको घटनाप्रति चिन्ता व्यक्त गर्दे भारत र चीन दुवैलाई अधिकतम संयमता अपनाउन आग्रह गरिएको छ ।

उक्त विज्ञप्तिमा ‘लाइन अफ कन्ट्रोलमा भएका हिंसात्मक झडप र मृत्युका खबरप्रति चिन्तित रहेको भन्दै भारत तथा चीनलाई अधिकतम संयम अपनाउन आग्रह गर्दछौ’ भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV