३ असार २०७७, बुधबार
  • मनोज श्रीवास्तव,

कपिलवस्तु , ३ असार । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ६५७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय, कपिलवस्तुले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार बाणगंगा नगरपालिकाका वडा नम्बर ८ का बर्ष ३१ का १ जना महिला, वडा नम्बर ९ का बर्ष ६० का १ पुरुष रहेका छन् ।

यस्तै शिवराज नगरपालिका वडा नम्बर २ का बर्ष १९ का १ जना महिला, वडा नम्बर ४ का बर्ष ४० का पुरुष १ जना, वडा नम्बर ८ का बर्ष ४५ का पुरुष १ जना र वडा नम्बर ९ का बर्ष ३१ का पुरुष १ जना गरी कुल ४ जना रहेका छन् ।

यसैगरी बद्दभूमि नगरपालिका वडा नम्बर ७ का बर्ष १९,२२,२६ का ३ पुरुष र वडा नम्बर ८ का बर्ष १८ का १ जना महिला गरी कुल ४ जना रहेका छन् । संक्रमित पाइएका सबैको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौंमा परीक्षण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV