३ असार २०७७, बुधबार
  • घनश्याम मिश्र

जनकपुरधाम, ३ असार । लकठाउनकै बेला जनकपुरमा मेयरविरूद्ध स्थानीयहरूले प्रदर्शन गरेका छन् । जनकपुरधाम उप-महानगरपालिका अगाडि आज स्थानीयहरूले मेयर लालकिशोर साहविरूद्ध चर्को नाराबाजी गरेको हो ।

जनकपुरधाम वडा नं- १ मा महिनैदेखि सडक बनाउन आग्रह गर्दा समेत ध्यान न दिएको भन्दै स्थानीयहरूले मेयर साहविरूद्ध ‘प्ले कार्ड’ सहित विरोध प्रदर्शन गरेको हो । मेयर साहले आफ्नो आसेपासे र नजिकका व्यक्तिको मात्र सुन्ने गरेको वडा नं- १ का अध्यक्ष सत्रुधन साहेको आरोप छ ।

बारम्बार मेयरलाई सडक र बाटोबारे ध्यानाकर्षण गराउँदै आएपनि कुनै ध्यान न दिएकोले बाध्य भएर आन्दोलनमा जानू परेको अध्यक्ष साहले न्यूज २४ लाई बताउनुभयाे । प्रर्दशनकारीहरूले  उप-महानगरपालिका मूल गेट अगाडि ‘भ्रष्ट मेयर’ मुर्दावाद भन्दै नारावाजी समेत गरेका थिए ।

स्थानीयहरूले वडा अध्यक्षसँगै उप-महानगरपालिका कार्यालय अगाडि पुगेर धरना समेत दिएका थिए । मेयरले नियम कानूनलाई ख्याल नगरी आफूखुशी नगरमा बजेट विनियोजन गर्दै आएको वडा अध्यक्ष साह आराेप छ । उहाँले भन्नुभयाे, ‘नगरस्तरीय बजेट मेयरले आफू अनुकूल छुट्याउँदै वडालाई रत्तिभर ध्यान दिनु भएको छैन ।’

वडा- १ मा सडक अतिक्रमण गरेर घर-टहरा निर्माण गरिएको छ, वडाको मुसहरी जाने बाटोको अवस्था खत्तम रहेकोले स्थानीयलाई आवत-जावतमा समस्य हुने गरेको वडा अध्यक्ष साहले बताउनुभयाे ।

वडा १ को जनघनत्वा र जनसंख्याको हिसावले बजेट छुट्याउनुपर्ने ठाउँमा मेयर आफुखुशी गरेको भन्दै आफूहरू यो गलत कार्यकाे विराेधमा सडकमा उत्रिएकाे साहले बताउनुभयाे ।

यसअघि पनि मेयर साहविरूद्ध आफूहरू प्रमुख कार्यकारीलाई ज्ञापन पत्र समेत बुझाइसकेको पनि साहले जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे, ‘मेयरसँग मन र चित्त मिल्नेबाहेको सही तवरले विरोध गर्दा हामीलाई सौताकाे व्यवहार गरेको हो ।’

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV